अन्नपूर्ण किङ्समा जारगालसोट

अन्नपूर्ण किङ्समा जारगालसोट

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर किङ्सले  मंगोलिया राष्ट्रिय टोलीका अपोजित हिटर इंख एर्डेन जारगालसोटलाई अनुबन्ध गरेको छ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा अन्नपूर्णले मंगोलियाका जारगालसोटलाई अनुबन्ध गरेको हो। अन्नपूर्णले अनुबन्ध गरेको जारगालसोट दोस्रो मंगोलियन खेलाडी हुन्। यसअघि अन्नपूर्णले मंगोलिया राष्ट्रिय टोलीकै स्टार आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको थियो।

२६ वर्षीय अपोजित हिटर जारगालसोट मंगोलिया राष्ट्रिय टिमको सदस्य हुन्। उनीसँग मंगोलियाको लिगदेखि दक्षिण कोरिया र इराकमासमेत क्लब भलिबलमा खेलेको अनुभव छ। उनले केही समयअघि मात्रै घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ६ फिट ६ इन्च अग्ला जारगालसोटको आगमनले अन्नपूर्ण स्पाइकरको अट्याक लाइन अझै मजबुत र सन्तुलित हुने विश्वास गरिएको छ।

उनले सन् २०२२ मा मंगोलियाको मिनजित बुल्गान र २०२४ मा एसजी हवक्सबाट खेलेका थिए। यस्तै उनले दक्षिण कोरियाको दाइजिओन सामसुङ ब्लुफाङ्गस र सुवन केप्को भिक्सटोर्मबाट खेलेका थिए भने इराकको मासाफी अलसेमालबाट पनि खेलेका थिए।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको यस टिममा गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडी छन्। यस्तै गण्डकी प्रदेशकै रमेश केसी टिमको मुख्य प्रशिक्षक छन्। यस्तै केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेका राजेन्द्र धामी पनि यस टिममा छन्। टिमका अन्य खेलाडीमा गण्डकी प्रदेशका रवि केसी, विश्वास अधिकारी, विवश आले, सुरेन्द्र केसी छन्। 

यस्तै उमेरसमूहको राष्ट्रिय टिमबाट खेलिसकेका लिबेरो जितबहादुर सार्की, देव राना पनि टिममा छन । अन्नपूर्णले युवा खेलाडीहरूलाई समेत स्थान दिने उदेश्य सहित ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ। हरेक टिमले ट्यालेन्ट हन्टबाट एक खेलाडी छनोट गर्नुपर्ने प्रावधान अनुसार अन्नपूर्णले पोखरामा ट्यालेन्ट हन्ट आयोजना गर्दै किरणलाई छनोट 
गरेको थियो।

नेपाल भलिबल लिग यही भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा सगरमाथा स्म्यासर्स र मधेस वारियर्सबीच खेल हुनेछ। सोही दिन अन्नपूर्ण  र कर्णाली शिवराज भिड्ने छन्। लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिगमा १७ खेल हुनेछ। लिग चरणका खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ। लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्लेअफ खेल हुनेछ। यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.