एनआरएनएद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

एनआरएनएद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

साउदी : रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विश्वभरका नेपालीबाट संकलित रकममध्ये गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले हालसम्म प्राप्त रकमबाट १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको  छ।

एनआरएनए आईसीसीका अनुसार संकलित रकममध्ये प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत सामग्री खरिद तथा वितरणको कार्यसमेत देशका विभिन्न प्रभावित क्षेत्रमा निरन्तर भइरहेको छ। खाद्यान्न, टेन्ट, लत्ताकपडा, औषधिलगायत आवश्यक राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याउने कार्यलाई प्राथमिकतामा राखिएको संघले जनाएको छ।

एनआरएनए आईसीसीले विश्वभर रहेका नेपालीहरूको सहयोग, सद्भाव र ऐक्यबद्धताबाट संकलित रकमलाई पारदर्शी तथा जिम्मेवार ढंगले परिचालन गरिरहेको बताएको छ। विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसिसिं)बाट थप रकम प्राप्त हुँदै गएपछि बाँकी रकम पनि आवश्यकताअनुसार क्रमशः प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने संघको भनाइ छ।

‘संकटको यस घडीमा विश्वभरका नेपालीहरू एकजुट भएर मातृभूमि र बाढीपहिरोबाट प्रभावित नेपाली दाजुभाइ–दिदीबहिनीहरूको साथमा उभिएका छौँ। एकता, सहयोग र जिम्मेवारी एनआरएनए आईसीसीको प्रतिबद्धता हो,’ संघले भनेको छ।  एनआरएनएले विपद्को तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र आवश्यक मानवीय सहयोगमा समेत आफ्नो भूमिका निरन्तर कायम राख्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.