सेयर कारोबारमा कडा निगरानी राख्न नेप्सेलाई सेबोनको निर्देशन

सेयर कारोबारमा कडा निगरानी राख्न नेप्सेलाई सेबोनको निर्देशन
सुन्नुहोस्

काठमाडौं : नेपाल धितोपत्र बोर्डले हालै हिमाली तथा नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विवरण तत्काल उपलब्ध गराउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ।

बोर्डले विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको धितोपत्र कारोबार, बजार पारदर्शिता तथा लगानीकर्ताको हित संरक्षणमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो।

धितोपत्रसम्बन्धी ऐनको दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले नेप्सेलाई निर्देशन जारी गरेको हो। निर्देशनअनुसार प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विस्तृत सूची तत्काल तयार गरी बोर्डलाई जानकारी गराउन भनिएको छ।

त्यस्तै,प्रभावित कम्पनीहरूबाट उनीहरूको आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण प्राप्त गरी बोर्डलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण जलविद्युत आयोजनाको उत्पादन, संरचना, प्रसारण लाइन तथा सम्पत्तिमा परेको क्षतिको यकिन गरी त्यसको वित्तीय प्रभावसमेत बजारमा स्पष्ट रूपमा जानकारी गराउने उद्देश्यले बोर्डले यस्तो निर्देशन दिएको हो।

यसैगरी बोर्डले प्रभावित कम्पनीहरूको धितोपत्र कारोबारमा विशेष निगरानी राखी राख्न भनेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.