बाढीपीडितलाई काठमान्डु गोर्खाजले दियो १५ लाख
काठमाडौं : नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले बाढी पीडितलाई १५ लाख सहयोग गरेको छ। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
‘यो वित्तीय सहयोग पीडित परिवारहरुले भोगेको पीडा र क्षतिको तुलनामा केही होइन, तर हरेक सामूहिक प्रयासको ठूलो महत्व हुन्छ भन्नेमा हामी दृढ विश्वास गर्छौँ। जनजीवनलाई सामान्य बनाउन एकीकृत कदमको आवश्यकता छ।’ काठमान्डु गोर्खाजको विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनामा जुट्नु भएका नेपाल सरकार, सुरक्षा निकाय तथा अग्रपंक्तिमा खटिएका राहतकर्मीहरुलाई सहयोग गर्न र प्रभावित समुदायलाई पुनरुत्थानको दिशामा लैजान हामी सम्पूर्ण व्यक्ति, संघ संस्था तथा समुदायहरुमा हार्दिक अपिल गर्दछौं।’
प्रतिक्रिया दिनुहोस !