रसुवा बाढीपीडितका लागि ‘पानस’ साउदीद्वारा ५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि ‘पानस’ साउदीद्वारा ५ लाख सहयोग
सुन्नुहोस्

साउदी : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रवासी नेपाली एकता समाज साउदी अरब (पानस) ले ५ लाख आर्थिक सहयोग गरेको छ।

बाढीपीडितका लागि पानसका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरूबीचको समन्वय र सहकार्यमा संकलित ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपत्तिमा परेका नेपाली नागरिकको पीडामा साथ दिन र राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको पानसले जनाएको छ।

पानसका अध्यक्ष कुबेर हुमागाईँले विपत्तिको समयमा पीडितको साथमा उभिनु सबै नेपालीको साझा दायित्व भएको बताए। साथै रसुवामा भएको विपत्तिले  सबैलाई दुःखी बनाएको र पीडित परिवारको दुःखमा केही राहत पुगोस् भन्ने उद्देश्यले केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरूको पहलमा रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको उनले बताए। 

राहतका नाममा संकलित रकम पारदर्शी र सही माध्यमबाट पीडितसम्म पुग्नुपर्नेमा जोड दिँदै पानसले आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ। 

साउदी अरबमा रहेका नेपाली संघसंस्था तथा प्रवासी नेपालीहरूले रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको राहतका लागि सहयोग अभियान सञ्चालन गरिरहेका छन्। पानसको सहयोगले विपत्तिमा परेका नेपालीप्रति प्रवासी समुदायको ऐक्यबद्धता र मानवीय जिम्मेवारीलाई थप बलियो बनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.