ग्लोबल कन्सल्टले प्रधानमन्त्री राहतमा दियो ५ लाख ५० हजार

ग्लोबल कन्सल्टले प्रधानमन्त्री राहतमा दियो ५ लाख ५० हजार
सुन्नुहोस्

काठमाडौं : ग्लोबल कन्सल्ट प्रालिले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

देश नै दुःखमा परेको विषम परिस्थितिमा पीडित नागरिकको साथमा उभिँदै ग्लोबल कन्सल्ट परिवारले उक्त सहयोग गरेको हो। संस्थाका प्रबन्ध निर्देशक भोजराज न्यौपानेद्वारा २०८३ भदौ १५ गते जारी प्रेस विज्ञप्तिमार्फत सहयोगको जानकारी दिइएको हो।

ग्लोबल कन्सल्टले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धारमा तीव्रता दिनुपर्ने आवश्यकतासमेत औँल्याएको छ।

विज्ञप्तिमा बाढीका कारण ठूलो संख्यामा नागरिक घर तथा परिवारविहीन बन्न पुगेको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा आफूहरू पनि पीडितको साथमा रहेको सन्देश दिइएको छ।

“यस दुःखको घडीमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ग्लोबल कन्सल्ट परिवारबाट पाँच लाख पचास हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौं,' प्रबन्ध निर्देशक न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विपद्को समयमा राज्यको उद्धार तथा राहत अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो योगदानले व्यावसायिक संस्थाको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। ग्लोबल कन्सल्ट प्रा।लि। नयाँ बानेश्वर, काठमाडौंमा रहेको शिक्षा, भिसा तथा माइग्रेसनसम्बन्धी सेवा प्रदायक संस्था हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.