काभा बिच भलिबलमा नेपालको ४ टोलीले प्रतिस्पर्धा गर्ने
काठमाडौं : भुटानको थिम्पुमा आयोजना हुने काभा बिच भलिबल प्रतियोगितामा नेपालबाट ४ टोलीले सहभागिता जनाउने भएका छन्।
नेपालबाट महिलाको २ टोली र पुरुषको २ टोलीले सहभागिता जनाउनेछन्। महिलातर्फ कमला पुन र कोपीला राना तथा सुनिता राई र भावना डाँगीको टोली रहेको छ।
पुरुषतर्फ, महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडीले प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको प्रशिक्षकमा श्रीराम बोगटी रहेका छन्। यी टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाई गरेको हो।
यो प्रतियोगिता भदौको १९ देखि २१ गतेसम्म हुनेछ। प्रतियोगितामा ७ राष्ट्रले सहभागिता जनाउनेछन्। जसमा आयोजक राष्ट्र भुटान, बंगलादेश, नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले सहभागिता जनाउनेछन्।
प्रतिक्रिया दिनुहोस !