ई–रिक्सालाई चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर बारामा एक पुरुषको मृत्यु
सिमराः बाराको बिश्रामपुर गाउँपालिका–२ कान्तिपुर टोलमा मंगलबार ई–रिक्सालाई चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय शर्मा पटेल रहेका छन् ।
पटेलललाई आफ्नै घरमा मधेस प्रदेश ०३–०२ ह २३६८ नम्बरको ई–रिक्सालाई चार्जबाट निकाल्ने क्रममा बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका पटेललाई गण्डकस्थित न्यूरो अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
मृतकको शव शल्यपरीक्षण गरी परिवारले बुझेका छन् ।
प्रतिक्रिया दिनुहोस !