अमेरिका र इरानबिच पुनः सैन्य आक्रमण सुरु

अमेरिका र इरानबिच पुनः सैन्य आक्रमण सुरु
फाईल तस्बिर
सुन्नुहोस्

वासिङ्टन : अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध पुनः सैन्य आक्रमण सुरु गरेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ । सेन्टकमका अनुसार होर्मुज स्ट्रेटमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) ले व्यावसायिक जहाजहरूमा हालै गरेका 'आक्रमणका प्रयास' पछि अमेरिकाले यी जवाफी स्ट्राइकहरू गरेको हो।

इरानी रेड क्रिसेन्टका अनुसार अमेरिकी आक्रमणमा परि कम्तीमा चार जनाको मृत्यु भएको छ, जसमा एक साना बालक पनि परेका छन् । घटनामा ५० भन्दा बढी अन्य मानिस घाइते भएका छन्।

दक्षिण इरानको सिरिक सहरमा भएको अमेरिकी मिसाइल हमलाका छर्राहरू नजिकै चलिरहेको एक विवाह समारोहको घरमा खसेका थिए। सोही दुर्घटनाका कारण ठुलो संख्यामा सर्वसाधारण हताहत भएको रेड क्रिसेन्टले जनाएको छ।

यसैबिच, इरानले अमेरिकी आक्रमणको कडा जवाफ दिँदै इराक र जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण गरेको छ। स्थानीय सरकारी सञ्चारमाध्यम तथा जोर्डनको सशस्त्र बलले यसको पुष्टि गरेका छन्। यसबाहेक कुवेत र बहराइनमा पनि आक्रमणका खबरहरू सार्वजनिक भएका छन्।

आइआरजीसीले अमेरिकालाई यी आक्रमणहरूका लागि 'पछुतो हुने' चेतावनी दिएको छ। इरानको अर्ध-सरकारी समाचार संस्था 'तस्निम'का अनुसार सिरिक आक्रमणको बदला लिन इरानले बुधबार सबेरै जोर्डनको अकाबास्थित अमेरिकी मरीन बेसलाई लक्षित गरी दर्जनौँ बैलिस्टिक मिसाइल प्रहार गरेको थियो। जोर्डनको सेनाका अनुसार उसले १३ वटा बैलिस्टिक मिसाइललाई रोक्न सफल भएको छ। जसमध्ये १० वटा मिसाइल हावामै नष्ट गरिएका थिए भने ३ वटा टाढाको निर्जन क्षेत्रमा खसेका थिए। इरानको यो आक्रमणबाट कुनै मानवीय क्षति वा घाइते भएको विवरण आएको छैन।

यसैबिच, कुवेतको सेनाले पनि बुधबार बिहान इरानतर्फबाट भएका मिसाइल प्रहारलाई निस्तेज पार्न आफ्नो एयर डिफेन्स सिस्टम पूर्ण रूपमा सक्रिय राखिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.