भोटेकोशी बाढीको क्षति सिंगो नेपालको छातीमा परेको बज्रपात : प्रधानमन्त्री

भोटेकोशी बाढीको क्षति सिंगो नेपालको छातीमा परेको बज्रपात : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीपछि भएको क्षति रसुवा,नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति कुनै एउटा जिल्लाको मात्रै नभई सिंगो देशकै पीडा भएको बताए।

प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए। 'मन भक्कानिए पनि एक–आपसमा बिलौना गर्ने अवस्था छैन,'उनले भने।

देशको नेतृत्वले आँसु होइन,जनतालाई आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरेको उनले बताए। 'यसैले दृढ संकल्पका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प हामीसँग छैन। हामी लडिरहेका छौँ,'प्रधानमन्त्री शाहले भने।

प्रधानमन्त्री शाहले अकल्पनीय बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.