नेपाल ‘ए’ तास्मानियासँग पराजित

नेपाल ‘ए’ तास्मानियासँग पराजित
सुन्नुहोस्

काठमाडौं : अष्ट्रेलियामा ३ खेल सम्मेलित श्रृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित भएको छ।  टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ४३.३  ओभरमा १९२ रन बनाउँदै अलआउट भयो। नेपाल ‘ए’ ले दिएको १९३ रनको विजयी लक्ष्य पछ्याएको तास्मानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 

तास्मानियाको लागि टम ड्वयरले सर्वाधिक ६० रन बनाए। विल प्रेस्विजले २३, जस्टिन गेलियोटीले २४, रौफ म्याकमुलेनले ३२ रन बनाउँदा म्यथ्यू कुन्हेमेन २३ रनमा अविजित रहे। 

नेपालको लागि बलिङतर्फ साहब आलम र दिपक प्रसाद डुम्रेले २/२ विकेट लिए। रिजन ढकाल, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिए। आजको खेलमा नेपालका युवा ब्याटर युवराज खत्रीलाई ‘पेल्भिक’मा चोट लागेर उनले दोस्रो इनिङ्समा बलिङ गर्न सकेनन्। उनको इन्जुरीको बारेमा नेपाल क्रिकेट संघ(क्यान)ले आधिकारीक फेसबुक पेजबाट जानकारी दिएको हो। 

पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपाल ‘ए’ का लागि ओपनर ब्याटर तृतराज दासले सर्वाधिक ३७ रन बनाए। अर्का ओपनर मयन यादवले ३२ रन बनाए। कुशल भुर्तेलले १२, कुशल मल्लले २९ रन बनाउँदा दिपक प्रसाद डुम्रे १८ रन बनाएर रन आउट भए।  लोकेश बलमे ११ रन बनाउँदा पवन सर्राफ २२ रनमा अविजित रहे। 

तास्मानिया क्रिकेटको लागि बिल्ली स्ट्यानलेकले सर्वाधिक ४ विकेट लिए, विल प्रेस्विज र रौफ म्याकमुलेनले २/२ विकेट लिए। लाच्लान क्र्लाकले १ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.