रुपन्देहीका तत्कालीन मालपोत अधिकृतसहित पाँचजनाविरुद्ध साढे चार करोडको मुद्दा

रुपन्देहीका तत्कालीन मालपोत अधिकृतसहित पाँचजनाविरुद्ध साढे चार करोडको मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालमोत कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन मालपोत अधिकृत कुमार आचार्यसमेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगले मालपोत कार्यालय रुपन्देहीका तत्कालीन प्रमुख आचार्य,तत्कालीन नायव सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहनी,तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्रविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो। उनीहरूविरुद्ध ४ करोड ५३ लाख ४१ हजार  ८०० रुपैयाँ बिगो माग दावी गरिएको छ।

सरकारका नाममा दर्ता श्रेस्ता बनाउन बाँकी रहेकै अवस्थामा हदबन्दी  लागेर छाडेको जग्गा दर्ता गर्ने विषयमा निवेदन परेपछि भुमीसुधार कार्यालय र स्थानीय तहसमेतको सरोकारवालाहरूलाई पूर्ण वेवास्ता गरी व्यक्ति विशेषको नाममा दर्ता गराएको उनीहरूमाथि आरोप छ।

आयोगका अनुसार सर्जु मिश्राइनको नाममा रहेको साविक भुजौली (ख) का विभिन्न कित्ता जग्गामध्ये केही जग्गा कालिका मन्दिरलाई दान दिएको खुलेको छ। अनुसन्धानका क्रममा पर्वतराज कान्त मिश्रले नाता कायम गराई जग्गा दर्ता गर्न मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएको र सोही आधारमा प्रक्रिया अघि बढाइएको पाइएको आयोगले जनाएको छ। 

नागरिक उड्डयन प्राधिकरणको नाउँमा नामसारी भएपछि प्राप्त हुने मुआब्जा रकमसमेत लिनेदिने गरी रुपन्देही जिल्ला अदालतमा मिलापत्र गरिएको र उच्च अदालत तुलसीपुर,बुटवल इजलासबाट समेत आवश्यक निर्णय गर्न परमादेश जारी भएको विषय अनुसन्धानमा देखिएको आयोगको भनाइ छ।

आयोगका अनुसार भूमिसम्बन्धी कानुनको सामान्य कार्यविधिसमेत पालना नगरी हदबन्दी लागेको सरकारी/सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्य गरेको उनीहरूमाथि आरोप छ। त्यस्तै,दर्ता नै नभएको जग्गाका विषयमा आपसी मिलेमतोमा लेनदेन गर्ने गरी कृतिम मनसायले तयार गरिएको दुषित मिलापत्रलाई उच्च अदालतको परमादेशको गलत अर्थ लगाई कार्यान्वयन गरिएको आयोगको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.