नवलपरासीमा भेटिएकामध्ये १४५ वटा शवको गरियो व्यवस्थापन

नवलपरासीमा भेटिएकामध्ये १४५ वटा शवको गरियो व्यवस्थापन

नवलपरासी: रसुवा बाढीका कारण नारायणी नदी (गण्डक क्षेत्र) मा बगेर नवलपरासीसम्म आइपुगेका १९५ वटा शवमध्ये १४५ वटाको व्यवस्थापन गरिएको छ। भारतीय क्षेत्रमा फेला परेका १४ वटासहित बाँकी रहेका ५० वटा शवको व्यवस्थापन भने अझै हुन सकेको छैन।

फेला परेका शवमध्ये हालसम्म ५ जनाको मात्रै सनाखत भएको छ। पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मदन थापाले जानकारी दिए।

परासी अस्पतालमा ठाउँ अभाव भएपछि केही शवहरू भैरहवाको भीम अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र कपिलवस्तुको पिपरा अस्पतालमा पठाइएको थियो। तीमध्ये बाँकी रहेका ५० वटा शवहरू पनि क्रमशः नवलपरासी ल्याएर व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडा र बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सामुदायिक वनको हाइटेन्सन वरपरका क्षेत्रमा शवहरूको व्यवस्थापन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.