मुख्यमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला डडेल्धुरा पुगे खगराज भट्ट

मुख्यमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला डडेल्धुरा पुगे खगराज भट्ट
सुन्नुहोस्

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट गृहजिल्ला डडेल्धुरा पुगेका छन्। मुख्यमन्त्री बनेपछि भट्ट पहिलो पटक गृहजिल्ला आएका हुन्। 

जिल्ला समन्वय समिति डडेल्धुराले आयोजना गरेको २०८२/०८३ को वार्षिक प्रगती समिक्षा गोष्ठी तथा १० औं जिल्ला सभाको उद्घाटन गर्न गृह जिल्ला पुगेका मुख्यमन्त्री भट्टले सुदुरपश्चिमको समग्र विकास र सहकार्यमा जोड दिएका छन्। भट्टले विकासका मुद्दामा सबैसंग समन्वय र सहकार्य गरिने बताए।

गृह जिल्लाको विकासका लागि प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको भट्टको भनाई छ। सबै पक्षले अनुभुति गर्ने खालका योजनाहरुलाई प्राथमिकता दिने प्रतिबद्धता समेत मुख्यमन्त्री भट्टले व्यक्त गरेका छन्।

जिल्लाको समग्र विकासका लागि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रदेश र स्थानीय सरकारबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.