मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसायिक सम्झौता

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसायिक सम्झौता
सुन्नुहोस्

काठमाडौं : मुक्तिनाथ विकास बैंक र नेपालभरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपाल बीच व्यवसायिक सम्झौता भएको छ। 

महासंघमा आवद्ध सदस्यहरुको व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरुले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरीद गर्न र सो सम्बन्धी व्यवसाय संचालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ। यस सहकार्यबाट ढुवानी व्यवसायीहरुले आफनो सेवा विस्तारको लागि सहजरुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.