बाढी प्रभावितका लागि बिरुवा गाउँपालिकाले झण्डै ३१ लाख सहयोग गर्ने
स्याङ्जा : बाढी प्रभावित नागरिकहरुको राहत तथा उद्धारका लागि बिरुवा गाउँपालिकाले झण्डैं ३१ लाख नगद सहयोग गर्नेे निर्णय गरेको छ। बुधवार बसेको बैठकले विनाशकारी बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाका बाढी पीडितका लागि ३० लाख ७५ हजार ५८ रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए।
कुवँरका अनुसार, गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख, जनप्रतिनिधिहरूको १० दिनको सेवा सुविधाबाट २ लाख ३ हजार ४५० रुपैंया संकलन गरिने भएको छ। यसैगरी, अधिकृत स्तरका कर्मचारीको ७ दिन, सहायक स्तरका कर्मचारीको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिन गरी ४ लाख ९९ हजार ६४५ रुपैयाँ संकलन गरिने छ।
यस्तै गाउँपालिकाभित्रका शिक्षक र विद्यालय कर्मचारीहरुबाट पनि सहयोग संकलन गरिने छ।
प्रतिक्रिया दिनुहोस !