रसुवा बाढी प्रभावितका लागि जापान सरकारद्वारा राहत प्रदान

रसुवा बाढी प्रभावितका लागि जापान सरकारद्वारा राहत प्रदान

काठमाडौं : रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता व्यवस्थापन क्षेत्रमा राजदूत मायदाले जापान सरकार र जापानी जनताका तर्फबाट आपतकालीन राहत सामग्री मन्त्री पुनलाई हस्तान्तरण गरेका हुन्।


जापान सरकारले उपलब्ध गराएको राहत सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने म्याट, टेन्ट र पानी राख्ने पोर्टेबल जर्किनलगायत सामग्री छन्।

रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावितप्रति जापानले दुःख व्यक्त गरेको छ। जापानका प्रधानमन्त्री र विदेशमन्त्रीले क्रमशः सेप्टेम्बर १ र अगस्ट ३१ मा नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग भएको टेलिफोन वार्तामा विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.