काठमाडौं : एसिसी प्रिमियर कपको दोस्रो खेलमा मलेसियाले नेपाललाई १०४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम वाइएसडी वाइएसडी ओभरमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो।
मलेसियालाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका अनुभवी बलर करण केसीले उत्कृष्ट बलिङ गरे। उनले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएका हुन्।
मलेसियाको लागि कप्तान सैद अजिजले सर्वाधिक ३० रन बनाए। उनले ४९ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरे। ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाका ओपनरद्वय दुवै चलेनन्। सैफउल्लाह मलिक र नाज्मुस सकिब क्रमश: ९ र ३ रन बनाउँदै पेबिलियन फर्किए। वान डाउनमा आएका अकिल वहिदले २४ रन बनाए। मोहम्मद सदाकतले १३ र विरनदिप सिंहले १४ रन बनाए। त्यसपछि आएका तीन ब्याटर सस्तैमा समेटिए कप्तान अजिजले क्रिज सम्हाल्दै पारीलाई अगाडि बढाउने कोसिस गरे।
नेपालका लागि बलिङ तर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए । ललित राजबंशीले २ विकेट लिँदा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !