कृष्णभीरमा भासिएको सडक खुलाउन पुनःनिर्माणको काम सुरू

कृष्णभीरमा भासिएको सडक खुलाउन पुनःनिर्माणको काम सुरू

धादिङ : बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ। मन्त्री लम्सालले पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।

बाढी तथा त्रिशूली नदीको कटानका कारण सडकको ठूलो भाग भासिएपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको हो। सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुनःनिर्माणको काम अघि बढाइएको हो।

null

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार अहिले प्रारम्भिक सरसफाइको काम सकाएर दुई लेयरको ग्याबिन हटाएपछि सडक खन्ने काम सुरु गरिनेछ। सडक पूर्णरूपमा सञ्चालनमा आउन भने केही दिन लाग्ने अनुमान गरिएको अधिकारीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.