भोटेकोशी बाढी : १२२२ जनाभन्दा बढीको शव फेला

भोटेकोशी बाढी : १२२२ जनाभन्दा बढीको शव फेला

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२२२ जनाको शव फेला परेको छ। बुधबार बेलाकासम्म १२२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । 

त्यसैगरी बाढीका कारण चार हजारभन्दा बढी सम्पर्कबिहीन छन् भने करिब १२ हजार जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार १०९२ जना मृतक र ५६३ जना मृतकका आफन्त गरी १६५५ जनाको डिएनए संकलन भएको छ। 

बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण मृत्यु भएकाहरुमध्ये केहिको शव पहिचान गरि आफन्तजनलाई बुझाइएको छ भने बिभिन्न स्थानमा फेला परि पहिचान हुन नसकेका शवहरुलाई जमिनमा सुरक्षित रुपमा गाडिएको छ । 

- १२२२ जनाको शव फेला र डीएनए संकलन १६५५ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। - सम्पादक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.