भोटेकोशी-त्रिशुली बाढी : ४ हजार २१६ जना सम्पर्कविहीन, १२५२ को शव फेला

भोटेकोशी-त्रिशुली बाढी : ४ हजार २१६ जना सम्पर्कविहीन, १२५२ को शव फेला

काठमाडौं : भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार २५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट १ हजार २५२ जनाको मृत्यु र ४ हजार २१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।

प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ। जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनाबाट ९०० जना, रसुवाबाट ८६५ जना, नुवाकोटबाट १५५८ जना, सम्पर्कविहीन विदेशी नागरिक ५८३ जना, प्रहरी २५ जना, सेना ४५ जना, सशस्त्र प्रहरी १३ जना, भन्सार कार्यालय १४ जना, अध्यागमन कार्यालय ३ जना, विदेशी पर्यटकसँग घुम्न गएका नेपाली १६४ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, क्वारेन्टाइन कार्यालयका ३ जना, जनप्रतिनिधि ७ जना, स्थानीय र अन्य कर्मचारी ३२ जना, शिक्षक १ जन रहेको प्राधिकरणले जनाएको छ। हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।  

खोज तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म २७३ जना विदेशी नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.