बाढीमा बेपत्ता पत्रकार ढुङ्गाना दम्पतीको कुशको शव बनाएर दाहसंस्कार

बाढीमा बेपत्ता पत्रकार ढुङ्गाना दम्पतीको कुशको शव बनाएर दाहसंस्कार
सुन्नुहोस्

भक्तपुर : रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र उनकी ४६ वर्षीया पत्नी निर्मला ढुङ्गानाको अन्तिम संस्कार गरिएको छ । बेपत्ता भएको आठौं दिनसम्म पनि पत्ता नलागेपछि परिवारले हिन्दु परम्पराअनुसार उनीहरूको कुशको शव बनाई दाहसंस्कार सम्पन्न गरेको हो ।

ढुङ्गाना दम्पती भदौ ९ गते कैलाश मानसरोवर यात्राका लागि घरबाट निस्किएका थिए । यात्राका क्रममा भदौ १० गते रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा बिहान ८:१६ बजे नाम दर्ता गरी चीन प्रवेश गर्ने क्रममा रहेका बेला अचानकको विनाशकारी बाढीको चपेटामा परी उनीहरू बेपत्ता भएका थिए।
उक्त घटनामा ढुङ्गानाका सासु ससुरा समेत बेपत्ता भएका परिवारले जनाएको छ । किर्तीपुरस्थित ससुराली टोलीसंग मानसरोवर यात्रामा रहेका ढुङ्गाना सहभागी १७ सदस्यीय टोली नै बाढीमा परी बेपत्ता भएको थियो ।

पत्रकार ढुङ्गानाको आमा र दुई छोरा छन् । जेठो छोरा घटना थाहा पाए लगत्तै अमेरिकाबाट आएका थिए । परिवारले शवसमेत पत्ता लगाउन नसकेपछि निराश भएर बैदिक परम्परा अनुसार दिवंगत आत्माको चिरशान्तिको लागि कुशमार्फत अन्तिम संस्कार गरेको पत्रकार मदन ढुङ्गानाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.