भोटेकोशीको अप्रत्यासित बाढी

अछामका जागेश्वर र खकेन्द्रको छैन अत्तोपत्तो, भौतारिदै काठमाडौं पुगे आफन्त

अछामका जागेश्वर र खकेन्द्रको छैन अत्तोपत्तो, भौतारिदै काठमाडौं पुगे आफन्त
सुन्नुहोस्

अछाम : रसुवाको भाटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता अछामका जागेश्वर शर्मा र खकेन्द्र विश्वकर्माको हालसम्म कुनैपनि खबर प्राप्त नभएपछि उनीहरूको खोजीका लागि परिवार काठमाडौं पुगेका छन्। 

घरमा बसेर खबर कुर्नुभन्दा अवस्था बुझ्न बेपत्ता शर्मा र विश्वकर्माको परिवार काठमाडौं पुगेका हुन् । तर, काठमाडौं आएर पनि उनीहरूको खोजेको जवाफ पाउन सकेका छैनन् ।  बेपत्ताका शर्मा र विश्वकर्माका परिवारले खोजीको याचना गरिरहेका छन्। 

हालसम्म बेपत्ता रहेका साँफेबगर नगरपालिका- ६ भाग्यश्वर डोटेका जागेश्वर शर्माको खोजीमा दाजु खिलराज काण्ठमाडौं पुगेका छन् । खिलराजका अनुसार बाढी आएको बिहीबार ८ दिन पुग्दासम्म पनि भाइ जागेश्वरको कुनै खबर आएको छैन । 

खिलराजकी भाइबुहारी कमलालगायत परिवार विक्षिप्त अवस्थामा छन् । अझै पनि जिउँदै फर्किने आश परिवारले मारिसकेका छैनन् । ११ वर्षीया छोरा अविरल बुवाको पर्खाइमा छ । भाइको खोजीमा खिलराज गत शुक्रबार काठमाडौं पुगेका हुन् । यत्रो दिन वितिसक्दा पनि भाइको कुनै खबर नपाएको उनी बताउँछन् । 

जागेश्वर शर्मा विगत ३ वर्षदेखि कृषि,वन तथा वातावरण मन्त्रालय,प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र,प्लान्ट क्वारेन्टाइन कार्यालय,टिमुरे रसुवामा कार्यरत थिए । ‘चितवन तिर एउटा शंकास्पद शव फेला परेको छ भन्ने खबर पाएको छु,‘खिलराजले भने,'यसैको डीएनए परीक्षणका लागि छोरा अविरलसँगै रगत दिने लाइनमा उभिएको छु । डीएनएको कहिलेसम्म रिर्पाोट आउँछ भन्ने सम्बन्धीत निकायसँग जवाफ नै छैन । भदौ १० गते बिहान ७ बजे कुरा भएको थियो परिवारसँग त्यसपछि सम्पर्क हुनसकेन । बिहान ८:२१ मिनेटमा कार्यालयको सिस्टममा केहि सामाग्रीहरू अपडेट गरेको देखिन्छ । बिहान ७ बजेको फोन नै अन्तिम भयो ।’

अछाम चौरपाटी गाउँपालिका -४ पायलका खकेन्द्र विश्वकर्मा पनि अझै सम्म बेपत्ता छन् । आमा गंगा,वुवा शेरे,दाजु टिकाराम,हर्क लगायत सबै परिवार खकेन्द्रको खोजीमा ६ दिनअघि काठमाडौं पुगेका थिए । हालसम्म भाइ खकेन्द्रको कुनै पनि खबर प्राप्त नभएको दाजु हर्क लुहारले बताए । उनले भने,'डीएनए परिक्षणमा लागि रगत दिइसकेका छौं,भाइको खोजीका लागि सबै ठाउँ गुहारेका छौं तर, ८ दिन वितिसक्दा पनि केहि अत्तोपत्तो लागेको छैन । कहाँ छन्,कस्तो अवस्थामा छन् भन्ने थाहा नहुँदा हरेक क्षण भारी भइरहेको छ ।' 

२५ वर्षीय खकेन्द्र विगत ६ /७ वर्षदेखि रसुवागढी हाइड्रोपावर १११ मेगावाटमा कार्यरत थिए । दुवैजनाको अवस्थाबारे हालसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन । परिवारले सम्बन्धित निकायलाई खोजी कार्यलाई तीव्रता दिन र उनीहरूको अवस्थाबारे जानकारी गराइदिन आग्रह गरेका छन् । 

अछामका जिल्ला प्रहरी प्रमुख डीएसपी पविन्द्रबहादुर बम्मका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परि अछामका तिन जना बेपत्ता रहेको थिए । त्यस मध्ये नेपाल आर्मीमा कार्यरत एक जना सम्पर्क आएको र अन्य दुई जना शर्मा र विश्वकर्मा अझै बेपत्ता रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.