सेयर बजारमा ४.६६ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

सेयर बजारमा ४.६६ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
सुन्नुहोस्

काठमाडौं : सेयर बजार सकारात्मक भएर बन्द भएको छ। साताको तेस्रो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको हो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा अडिएको थियो। त्यसअघि सोमबार नेप्से परिसूचक  ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको थियो।

नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। यसदिन ३४६ वटा स्क्रिप्सको १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १४५ वटा स्टक्सको मूल्य बढ्दा १२३ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। सेयर बजारमा सामान्य अंकको वृद्धि देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ८.७६ प्रतिशतले बढ्यो।

पियोर इनर्जीका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १३.३३ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्गस मिल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४० करोड मूल्य बराबरको कारोबार गर्यो।

सानिमा मिडल तमोर हाइड्रोपावरले १३ करोडको कारोबार गर्दा सोलु हाइड्रोवारले १२ करोड,शिवम् सिमेन्टले ११ करोड र माउन्टेन इनर्जीले ९ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

९ समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.