बाराका प्रमुख जिल्ला अधिकारी मिश्रको सरुवा, अधिकारी आउँदै
सिमरा : बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ। गृह मन्त्रालयको भदौ १८ गतेको निर्णय बमोजिम मिश्रको जिल्ला प्रशासन कार्यालय गोरखामा सरुवा गरेको हो।
मिश्र गत कार्तिकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट बारा आएका थिए। मिश्रको स्थानमा जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी आउने भएका छन्। अधिकारी गत चैत अन्तिम साता जाजरकोट गएका थिए।
यसैगरी रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको गृह मन्त्रालयमा सरुवा भएको छ। भुसालको स्थानमा जिल्ला प्रशासन कार्यालय पर्वतबाट लक्ष्मीप्रसाद पौडेल रौतहट आउँदैछन्।
प्रतिक्रिया दिनुहोस !