‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० दिनमा साढे ९ अर्ब संकलन

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० दिनमा साढे ९ अर्ब संकलन
फाइल तस्बिर

काठमाडौं : रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ।

बाढी आउनुअघि कोषमा करिब २.१७ अर्ब रुपैयाँ मौज्दात रहेकोमा गत २६ अगस्ट २०२६ देखि संकलन अभियान जारी राखिएको हो। संकलित रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई तत्काल उद्धार तथा राहतका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकिएको छ भने कोषमा हाल ६.८८५ अर्ब रुपैयाँ बाँकी रहेको छ।

कोषमा विभिन्न स्वदेशी एवं विदेशी संस्था, बैंक तथा निजी क्षेत्रबाट ठूलो परिमाणमा सहयोग प्राप्त भएको छ। अन्तर्राष्ट्रिय टेक कम्पनी एनभिडियाले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) सहयोगको घोषणा गरेको छ भने एप्पलले पनि राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
निजी क्षेत्रतर्फ सूर्य नेपालले १५ करोड, चौधरी फाउन्डेसन र नबिल बैंकले संयुक्त रूपमा १५ करोड, इप्पानले १३ करोड, आईएमई ग्रुपले १० करोड र गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ योगदान गरेका छन्। यस्तै सिमेक्स/बीवाईडी नेपालले ७ करोड, सीएनआईका सदस्यहरूले ५.२९ करोड र निर्जीवन बिमक संघका सदस्यहरूले ३.४७ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

वित्तीय क्षेत्रबाट राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल बैंकले करिब ३÷३ करोड रुपैयाँ सहयोग गरेका छन्। सरकारी कर्मचारीहरूमार्फत करिब ३६ करोड रुपैयाँ तलब योगदान भएको छ।

सरकारले अति प्रभावित जिल्लाहरू रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ तत्काल नगद पठाएको छ। प्रदेश सरकारहरूमध्ये लुम्बिनी प्रदेशले अघिल्लो ३ करोडसहित मन्त्रीहरूको आधा महिनाको तलब र कर्णाली प्रदेशले ५० लाख रुपैयाँ कोषमा हस्तान्तरण गर्ने निर्णय गरेका छन्। यसका साथै भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, भुटानलगायतका देशहरू तथा विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र संयुक्त राष्ट्रसंघीय केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष (सीईआरएफ) जस्ता अन्तर्राष्ट्रिय निकायहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्।

दीर्घकालीन पुनर्निर्माणका लागि १० अर्ब डलर चाहिने अनुमान
भौतिक संरचनाको विनाश र बस्ती पुनस्र्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत करिब १० अर्ब अमेरिकी डलर १० बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हालसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको ०.६९ प्रतिशत (६९ मिलियन डलर) मात्र संकलन भएको छ।

सरकारले राहत र उद्धारमा एकद्वार प्रणाली लागू गर्दै आधिकारिक बैंक खातामार्फत मात्र सहयोग पठाउन र कुनै पनि व्यक्तिगत वा राजनीतिक दलका खातामा रकम जम्मा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.