बारामा टिपरको ठक्करबाट शिक्षकको मृत्यु

बारामा टिपरको ठक्करबाट शिक्षकको मृत्यु
सुन्नुहोस्

सिमरा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन्।

पिलुवाबाट प्र. २–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाएर पथलैयातर्फ आउँदै गरेका चौरेललाई विपरित दिशाबाट जाँदै गरेको ना १ अयो १३४ नम्बर लेखिएको टिपरले बैजुरा पुलमा ठक्कर दिएको थियो। घटनालगत्तै चौरेललाई गण्डकस्थित बयोधा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
 

प्रहरीले चालकसहित टिपरलाई नियन्त्रणमा लिएको छ। चौरेल कलैया उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाका शिक्षक रहेको स्थानीयले जानकारी दिएका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.