एनभिएलमा काठमाडौं रेड्ससंग मधेस वारियर्स पराजित
काठमाडौं : काठमाडौंमा जारी नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौं रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौंले मधेसलाई ३–२ को सेटमा पराजित गरेको हो। खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले बिजयी भयो।
केडिया ग्रुपद्वारा आयोजित लिगमा कुल ६ टिमको सहभागिता रहेको छ । नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ।
भदौ २७ गतेसम्म कभर्डहलमा हुने एनभिएलमा ६ टोलीले सिंगल राउन्ड रोबिन लिग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस !