साउदी अरेबिया विरुद्ध नेपालको मध्यम बलिङ
काठमाडौं: एसिसी प्रिमियर कप अन्तर्गतको तेस्रो खेलमा नेपालले साउदी अरेबिया विरुद्ध नेपालले बलिङ गरिरहेको छ। जसमा २६ ओभरको खेल सकिँदा नेपालले २ विकेट लिँदै १०७ रन खर्चिएको छ।
मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको साउदी अरेबियाले २६ ओभरको खेल सकिदा साउदी अरबियाले दुई विकेटको क्षतिमा १०७ रन बनाएर खेलिरहेको छ।
नेपालको लागि बलिङ तर्फ ललित राजवंशी र गुल्सन झाले१-१ विकेट लिएका छन्। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो भने र दोस्रो खेलमा मलेसिया विरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।
नेपालको प्लेइङ ११:
सन्दीप लामिछाने (कप्तान),आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, ललित राजवंशी, करण केसी, अर्जुन कुमाल, देव खनाल, र शेर मल्ल
प्रतिक्रिया दिनुहोस !