सगरमाथाको जर्सीमा राहत कोषको क्यूआर

सगरमाथाको जर्सीमा राहत कोषको क्यूआर

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) टोली सगरमाथा स्म्यासर्सले आफ्नो जर्सीमा मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्थाको लोगो नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर राख्ने निर्णय गरेको छ । 

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगरमाथाले व्यावसायिक संस्थाको लोगो नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर राख्ने निर्णय गरेको जनाएको छ । 

रसुवा, नुवाकोट, धादिङ, गोरखासहित त्रिशुली नदी आसपासका बाढीप्रभावित क्षेत्रमा राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा होस् भन्ने उद्देश्य अनुरुप क्यूआर राख्ने निर्णय गरेको सगरमाथाले जनाएको छ । सगरमाथा स्म्याससले विपतमा ज्यान गुमाउने सबै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा प्रभावितहरूको सुरक्षित पुनस्र्थापनाको पनि कामना गरेको छ । 

विपदको घडीमा सबैले आआफ्नो ठाउँबाट गरेको सानो प्रयासले पनि सरकार र सम्बन्धित निकायलाई ठूलो बल पुग्छ भन्ने उद्देश्य अनुरुप यो निर्णय गरिएको सगरमाथा स्म्याससले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.