एसिसी प्रिमियर कपमा नेपाल तेस्रो जितसहित सेमिफाइनलमा
काठमाडौं : एसिसी प्रिमियर कप अन्तर्गतको तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको छ। यो खेलमा साउदी अरेबियालाई हराएसँगै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो।
साउदी अरेबियाले दिएको १९१ रनको विजयी लक्ष्य पछाएको नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाउँदै १९३ रन सहित लक्ष्य पूरा गरेको हो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ४४ रनको अविजित पारी खेले। उनले ३५ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे । ओपनरद्वय अर्जुन कुमार र आसिफ शेखले क्रमशस् १५ र २० रन बनाउँदा देव खनालले ३९ रन र ईशान पाण्डेले ४० रन बनाए । रोहित कुमार पौडेल २४ रनमा अविजित रहे।
साउदी अरबियाको लागि बलिङतर्फ इस्तिक अहमद र मोहम्मद अब्दुल्लाह अतिफले २-२ विकेट लिए। मोहम्मद हिसम शेखले १ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको साउदी अरेबियाका लागि ओपनर ब्याटर अब्दुल बाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मोहम्मद आतिफले ३० रन र मोहम्मद हिसम शेखले २८ रन बनाए। जैन अबिदिनले १२ रन, मोहम्मद सकिबले १४ तथा इस्तिक अहमद १० रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
नेपालको लागि बलिङ तर्फ सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३(३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा शेर मल्ल र गुल्सन झाले१-१ विकेट लिए ।
नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो भने र दोस्रो खेलमा मलेसिया विरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !