इरान:तेल ट्यांकरमा आगलागी,कम्तिमा ११ जनाको मृत्यु

इरान:तेल ट्यांकरमा आगलागी,कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं : इरानको सानन्दज-हमादान राजमार्गमा इन्धन ट्याङ्करमा आगलागी हुँदा एघार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। २० हजार लिटर पेट्रोल बोकेको एउटा इन्धन ट्याङ्करले मिनीबसलाई ठक्कर दिँदा उक्त घटनाको भएको बताइएको छ। दुर्घटनामा दुवै सवारी साधनका चालकहरूको पनि मृत्यु भएको छ।

कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै समाचार एजेन्सी इरनाले घटना शनिबार साँझ ५:३० बजे सानन्दज शहरको प्रवेशद्वार नजिकै भएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको कारण इन्धन ट्याङ्करको ब्रेकमा प्राविधिक गडबडी भएको हुनसक्ने खुलेको छ। घटनाबारे  अनुसन्धान भइरहेको जनाइएको छ।

घटनापछि कुर्दिस्तानका गभर्नरले सम्पूर्ण प्रान्तमा दुई दिनको सार्वजनिक शोकको घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.