भोटेकोशी बाढी : टिचिङ अस्पतालमा अहिलेसम्म २ सय ८३ शव ल्याइयो
काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशीमा नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका २ सय ८३ जनाको शव टिचिङ अस्पतालमा ल्याइएको छ।
अहिलेसम्म उक्त संख्यामा शवहरु ल्याइएको र २ सय २० शवको पोष्टमार्टम गरिएको तथा १ सय ६० वटा शवको व्यबस्थापन गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, २६ शवको सनाखत भइसकेको र २४ शव आफन्तले बुझेर लगेको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी खुमबहादुर रानाले जानकारी दिए।
बाँकी रहेका शवहरुको पोष्टमार्टम प्रक्रिया अगाडी बडाईएको उनले बताए। उनले बाढीका कारण धेरै शवहरु क्षतविक्षत अवस्थामा रहेका कारण प्रमाणित गर्न समस्या भएको बताए। त्यस्तै, प्रमाणित नभएका शवहरुको डिएनए लिने काम पनि भइरहेको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !