राहत वितरणको नौलो तरिका : राहत लिएर आउने सवारीसाधनका लागि इन्धन राहत कोषको सहयोग

राहत वितरणको नौलो तरिका : राहत लिएर आउने सवारीसाधनका लागि इन्धन राहत कोषको सहयोग

नुवाकोट : भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारीसाधनका लागि इन्धन राहत कोषले डिजेल र पेट्रोल उपलब्ध गराएको छ। राहत तथा उद्धारका काम भइरहेका बेला प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारी साधनलाई इन्धन राहत कोष इन्धन दिएर सहयोग गरेको हो।

संस्थाले नुवाकोटमा आज त्रिशूली अस्पताल, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्वयंसेवकहरूलाई गरी करिब ६६० लिटर डिजेल र २४० लिटर पेट्रोल वितरण गरिएको कर्म योग फाउन्डेसनका भोलिन्टेयर रोशन भण्डारीले जानकारी दिए। फ्युल रिफिल फण्डलाई कर्मयोग फाउण्डेसनले सहजीकरण गरिरहेको छ।

भण्डारीका अनुसार आज वितरण गरिएको इन्धनमध्ये त्रिशूली अस्पताललाई ३०५ लिटर, सशस्त्र प्रहरीलाई २९० लिटर, नेपाल प्रहरीलाई ६५ लिटर र स्वयंसेवकलाई २०० लिटर डिजेल उपलब्ध गराइएको छ। 

null

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आउने सवारीसाधन र फिल्डमा खटिने स्वयंसेवकलाई एक सातासम्म इन्धन सहयोग गर्ने अभियान सञ्चालन भइरहेको छ। भोलि रसुवा जाने राहत तथा उद्धारका सवारीसाधनका लागि समेत इन्धन वितरण गरिने जनाइएको छ। 

बाढीपीडितसम्म राहत पुर्‍याउन इन्धन अभाव नहोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले उद्धार तथा राहत अभियानलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। फ्यूल रिलीफ फन्डको यो पहल राहतसँगै राहत पुर्‍याउने साधनलाई पनि सहयोग पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.