बारामा पिकअप गाडी दुर्घटना : चालकको मृत्य,सहचालक घाइते

बारामा पिकअप गाडी दुर्घटना : चालकको मृत्य,सहचालक घाइते
सुन्नुहोस्

सिमरा : पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अंसारी रहेका छन् ।

पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिमा रहेको उक्त गाडी सडकको बीचमा रहेको डिभाइरमा ठोक्किँदै अर्को लेनमा पुगेर पल्टिएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी गाडीका सहचालक विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अंसारी घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.