भरतपुरमा तेस्रो चितवन गोल्डकप आयोजना हुने
चितवन : भरतपुर फुटबल क्लवको आयोजनामा भरतपुरमा तेस्रो चितवन गोल्डकप आयोजना हुने भएको छ। क्लबले भदौ २७ देखि असोज ३ गतेसम्म नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा तेस्रो संस्करणको हानामी चितवन गोल्डकप आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ध्रुब भुषालले बताए।
प्रतियोगितामा ८ टोली मात्र सहभागी गराउँन लागेको आयोजकले जनाएको छ। मलेसियाबाट एनपेनाङ एफसी, भुटानबाट पक्षम फुटबल क्लब गरी दुई विदेशी क्लबहरु पनि सहभागी हुँदैछन्। नेपालको शिर्ष श्रेणीको ए डिभिजन लिग क्लब एपिएफ फुटबल क्लब काठमाडौं, सातदोबाटो युवा क्लब ललितपुरसँगै रेड हर्स एफसी ईलाम, देवदह ब्याइज रुपन्देही, सूर्यपुर एफसी कालिका र आयोजक हानामी फुटबल क्लब बिएफसीले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि ५४ लाख खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ। भरतपुर फुटबल क्लबले २०७९ देखि चितवन गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । २०७९ मा पहिलो र २०८१ मा दोस्रो संस्करण गरेको थियो।
प्रतिक्रिया दिनुहोस !