भोटेकोशी बाढीपीडितलाई सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

परासी : रसुवाको भोटेकोशी नदीमा आएको विनशाकारी बाढीबाट प्रभावितका लागि सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ एक सय ११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका सञ्चालकहरू दिवस नेउपाने,शशी नेउपाने, विमल सवर्थिमा र तेन्जिङ् तामाङ्सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिए । 

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । रकम हस्तान्तरण गर्दै सञ्चालक शशी नेउपानेले विपत्तिको कठिन घडीमा सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै निजी क्षेत्र पनि नागरिकको सहयोगमा समर्पित हुने प्रयास गरेको बताए । 

सर्वोत्तमले यसअघि देशमा आइपरेको महाभूकम्प, कोरोनालगायतका विपत्तिमा समेत आर्थिक र अन्य मानवीय सहयोग उपलब्ध गराउँदै आएको उद्योगले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.