काठमाडौंः एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।
हङकङका लागि बाबर हायतले ११७ रनको अविजित शतकीय पारी खेले। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। आठौँ विकेटका लागि उनले ईशान खानसँग १२८ रनको शतकीय साझेदारी पनि बनाए । इशान खान भने ३५ रनमा अविजित रहे। तेस्रो क्रममा आएका हायतले एकतर्फबाट विकेट गइरहँदा पारी सम्हाल्दै हङकङको इनिङस् उकासे। ओपनरद्वय जिसन अली र अंशुमान रातले क्रमशस् १५ र १३ रन बनाउँदा साहिदवासीले ४५ रन बनाए ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट लिँदा चार जना बलरहरू विकेटविहीन भए। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्यो। तेस्रो खेलमा नेपालले साउदी
प्रतिक्रिया दिनुहोस !