विपद् प्रभावित समुदायको सहयोगका लागि नाइमाद्वारा ५० लाख प्रदान
काठमाडौं : हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ।
उक्त सहयोग नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा,Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।
सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस !