कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन

कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरिएको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गते नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमको समयतालिका परिमार्जन गरेको हो। 

रसुवाको भोटेकोशीमा आएको वाढी र विभिन्न जिल्ला र क्षेत्रबाट आएको राय, सल्लाह, सुझावलाई समेत ध्यानमा राखी अन्य तहगत अधिवेशनका कार्यक्रमको विस्तृत समयतालिका परिमार्जन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले जानकारी दिए।

नयाँ कार्यतालिका अनुसार गाउँ-नगर वडा अधिवेशन असोज ३ गते शनिबार र ४ गते आइतबार  स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने, गाउँ-नगरपालिका अधिवेशन ७ गते बुधबार र प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिवार गर्ने निर्णय भएको खड्काले बताए।

त्यस्तै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिंग जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसंगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ भने नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने गरि कार्यतालिका तय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.