एनभिएलमा सगरमाथाको लगातार दोस्रो हार, काठमाडौंको दोस्रो जित

एनभिएलमा सगरमाथाको लगातार दोस्रो हार, काठमाडौंको दोस्रो जित

काठमाडौं :  नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको मंगलबारको दोस्रो खेलमा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई ३–१ सेटले हराएको हो।

काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई २५–१२, २२–२५, २५–१८ र २५–२० ले हरायो। काठमाडौंले पहिलो खेलमा मधेश वरियर्सलाई हराएको थियो भने अन्नपूर्ण स्पाइकर किंग्ससँग हार बेहोरेको थियो। सगरमाथा स्म्यासर्सको यो लगातार दोस्रो हार हो। सगरमाथाले  सोमबार कर्णाली शिवराजसँग पाँचौं सेटमा पुगेर हार बेहोरेको थियो।‌ पहिलो खेलमा मधेश वरियर्सलाई र दोस्रो खेलमा खप्तड फाल्कन्सलाई हराएको थियो। 

आजको पहिलो खेलमा मधेश वरियर्सले खप्तड फाल्कन्सलाई ३–०को सोझो सेटमा पराजित गरेको थियो। जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। कप किनलिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।यो प्रतियोगिताको फाइनल खेल भदौ २७ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.