सिरहाबाट भारततर्फ लैजाँदै गरेको १५७ किलो गाँजा बरामद
सिरहा : सीमावर्ती औरही गाउँपालिका- ४ इट्टाटारबाट १५७ किलो २०७ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी सिरहाका अनुसार गएराति केही व्यक्तिहरूले टाउको बोकेर भारततर्फ लगिरहेका थिए। गस्तीमा खटिएका प्रहरीलाई हेरेपछि गाँजाको पोका फ्याकेर फरार भएका छन् ।
फरारहरुको खोजतलास भइरहेको सशस्त्र प्रहरी बल, नेपाल न.७ गण हे.क्वा. सिरहाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !