विदुरमा १२ दिनमा एक पटक पानी !

विदुरमा १२ दिनमा एक पटक पानी !
सुन्नुहोस्

नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विदुर खानेपानी संस्थाको फलाखु खोला मुहानसँगै मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्‍याएपछि विदुर नगर क्षेत्रमा खानेपानीको संकट चुलिएको छ। बाढीका कारण मुख्य पानीको स्रोत नै अवरुद्ध भएपछि अहिले विदुरका उपभोक्ताले १२ दिनमा एक दिनमात्र खानेपानी पाउने अवस्था आएको छ।

गत भदौ १० गते आएको बाढीले फलाखु खोला मुहानमा क्षति पुर्‍याउनुका साथै मुहानदेखि विदुरसम्मको करिब चार किलोमिटर मुख्य पाइपलाइनमा क्षति पुर्‍याएको विदुर खानेपानी संस्थाका सचिव रघुनाथ रिमालले जानकारी दिए।

विदुर खानेपानी संस्थाले विदुर नगरपालिका–१, २, ४, ५, ६ र ९ नम्बर वडाका करिब पाँच हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ। बाढीअघि फलाखु खोला मुहानबाट प्रतिसेकेन्ड करिब ८० लिटर पानी आपूर्ति हुँदै आएको थियो। वैकल्पिक स्रोतका रूपमा तादी खोला सम्पवेलबाट लिफ्ट गरी प्रतिसेकेन्ड करिब ४० लिटर पानी २० लाख लिटर क्षमताको ट्यांकीमा जम्मा गरी वितरण गर्ने गरिएको थियो।

तर बाढीपछि फलाखु खोलाको मुहान तथा मुख्य पाइपलाइनमा क्षति पुगेपछि उक्त स्रोतको पानी पूर्ण रूपमा अवरुद्ध भएको छ। यता तादी खोलाबाट पानी लिफ्ट गर्ने प्रणालीमा समेत विद्युत् आपूर्ति प्रभावित भएपछि जेनेरेटरको सहायताले पानी तान्नु परेको छ। जेनेरेटरबाट प्रतिसेकेन्ड करिब २० लिटर मात्र पानी ट्यांकीमा उक्लिने गरेको संस्थाले जनाएको छ। २० लाख लिटर क्षमताको ट्यांकी भरिन नै चारदेखि पाँच दिन लाग्ने गरेको छ। ‘सञ्चित पानीलाई तीनवटा क्षेत्रमा विभाजन गरेर वितरण गर्दा एउटा क्षेत्रमा पानी पुग्न पुनः करिब १२ दिन कुर्नुपर्ने अवस्था छ,’ रिमालले भने।

खानेपानीको चरम अभाव भएपछि संस्थाले स्थानीय स्रोतबाट उपलब्ध पानी प्रशोधन गरी ट्यांकरमार्फत उपभोक्तालाई वितरण गरिरहेको छ। प्रशोधित पानी खानेपानीका रूपमा वितरण गरिँदै आएको छ भने भाँडा तथा कपडा धुने प्रयोजनका लागि खोला तथा खोल्साको पानीसमेत ट्यांकरमार्फत उपलब्ध गराउने गरिएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.