दिपेन्द्रको अर्धशतकमा नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

दिपेन्द्रको अर्धशतकमा नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं :एसिसी प्रिमियर कपको सेमीफाइनल जित्नको लागि नेपालले ओमानलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो। 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ७६ बलमा चार चौका प्रहार गरे। ओपनर दोय देव खनाल र आशिफ शेखले क्रमशः १३ र १५ रन बनाए। बसिर अहमदले ४७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

समूह ए को विजेताको रूपमा सेमीफाइनल खेलिरहेको नेपालको आज ब्याटिङ चलेन। मध्यक्रममा दिपेन्द्र सिंह ऐरी र बसिर अहमदले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए त्यसपछि भने नेपालका कुनै पनि बाटो टिकेनन्। 

ओमानका लागि बलिङतर्फ जय विक्रम ओडेडारा र हसनैन शाहले सामान ३-३ विकेट लिए। मोहम्मद इमरानले २ विकेट लिँदा सकिल अहमद र मुजिबुर अलीले १-१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.