पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

काठमाडौं : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साहले ग्यासको विषयमा छलफल गर्ने बताए। 'ग्यासको विषयमा छलफल गर्छौं। जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,' उनले भने।

मन्त्री साहले मन्त्रालयमा विगतमा के-के काम भयो भन्ने विषयमा बुझ्न आवश्यक रहेको बताए। विगतको कुरा बुझेरै अघि बढ्ने उनको भनाइ छ। 

'विगतमा के के भयो भन्ने विषयमा बुझेर अगाडि बढ्दा राम्रो होलाजस्तो लाग्छ। म नेपाली जनताप्रति नतमस्तक छु। सभापति र प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु। राष्ट्र पहिलो नारासहित हामी काम गर्छौं,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.