गिरिजाको विरासत ढालेका दीपक साह बने उद्योगमन्त्री

गिरिजाको विरासत ढालेका दीपक साह बने उद्योगमन्त्री
सुन्नुहोस्

सुनसरी : सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपक साह उद्योगमन्त्री नियुक्त भएका छन्। 

नेपाली कांग्रेसको बलियो आधार मानिँदै आएको सुनसरी क्षेत्र नम्बर–४ मा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै साह पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनलाई बिहीबार साझ रास्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उद्योगमन्त्रीमा नियुक्त गरी शपथ खुवाएका छन्।

साहले कांग्रेसको लामो राजनीतिक विरासत रहेको निर्वाचन क्षेत्रमा सानदार मतसहित विजय हासिल गरेका थिए। सो क्षेत्र नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको राजनीतिक प्रभावको क्षेत्रका रूपमा समेत परिचित थियो। 

कोइरालाले २०४८, २०५१ र २०५६ सालका निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै तीनपटक प्रधानमन्त्री बनेका थिए। कोइरालाको राजनीतिक विरासतलाई निरन्तरता दिँदै आएको क्षेत्रमा साहले पहिलोपटक कांग्रेसलाई पराजित गरेपछि उनको राजनीतिक उदयलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। कांग्रेस परित्याग गरी सिके राउतको जनमत पार्टी र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका साह छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्। 

उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र साहले दीपक साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। राष्ट्रपतिबाट नियुक्ति स्वीकृत भएपछि साहले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। मन्त्री नियुक्त भएपछि साहले आफूलाई प्राप्त जिम्मेवारीलाई अवसरभन्दा बढी चुनौतीका रूपमा लिएको बताएका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रसहित देशभर उद्योग, व्यवसाय र रोजगारीको वातावरण निर्माण गर्न आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। 

जनताले दिएको विश्वास र जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नु मेरो पहिलो दायित्व हो। उद्योग क्षेत्रलाई चलायमान बनाउने, लगानीको वातावरण सुधार गर्ने र युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने दिशामा काम गर्छु, साहले भने। उनले उद्योग मन्त्रालयलाई सेवामुखी र परिणाममुखी बनाउँदै निजी क्षेत्र तथा उद्योगी–व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने बताए। आफ्नो निर्वाचन क्षेत्रका जनताको अपेक्षालाई समेत प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.