घाँस काट्न गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु

घाँस काट्न गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु
सुन्नुहोस्

वीरगन्ज :पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर- २ महादेवपटी नजिकको जंगलमा बाघको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ। गाउँ नजिकको राष्ट्रिय वनमा घाँस काट्न गएका जिराभवानी गाउँ पालिका वडा नम्बर- २ काठमाडौं टोलका ७०  वर्षीय नथुनी मिर्दाहा थारुलाई बाघले आक्रमण गरि मारेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरेका हुन्।

प्रहरीका अनुसार गत बुधबार बिहान १० बजेतिर घरबाट घाँस काटन भनेर थारु गाउँ नजिकको जंगलमा गएका थिए। त्यसदिन उनी  राती अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तहरु उनको खोजतलासमा लागेका थिए। त्यसै क्रममा शुक्रबार बिहान सब डिभिजन वन कार्यालय बसन्तपुरबाट ५०० मिटरभित्र जंगलमा बाघले मारेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक थारुको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.