प्रतिनिधिसभा बैठक सुरू
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्तिसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
बिहीबार उद्योगमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि दीपक कुमार साहलाई उक्त मन्त्रालयले जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन्।
बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले "कर्मचारी सञ्चय कोष ( दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ।
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्'भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !