मधेश प्रदेशमा सिटिजन्स बैंकको मार्केट लिडरसिप कार्यक्रम सम्पन्न

मधेश प्रदेशमा सिटिजन्स बैंकको मार्केट लिडरसिप कार्यक्रम सम्पन्न
सुन्नुहोस्

काठमाडौं :  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूका लागि ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप कार्यक्रम सम्पन्न गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गत आर्थिक बर्षको कार्यप्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ। 

मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू संञ्चालनमा छन्। यस अघि नै बैंकले बागमती प्रदेशमा “लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश” र कोशी प्रदेशमा “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम सम्पन्न गरिएको छ। त्यसैको निरन्तरता स्वरूप मधेश प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरm प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिनेछ। 

बैंकको गत आर्थिक वर्ष २०८२/२०८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि रु. २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर रु. २ अर्ब ९ करोड ८६ लाख पुगेको छ। 

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। 

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.