आइसिएफसि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितकालागि २५ लाख सहयोग

आइसिएफसि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितकालागि २५ लाख सहयोग
सुन्नुहोस्

काठमाडौं : आइसिएफसि फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। 

प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले संस्थाले उक्त रकम कोषमा जम्मा गरेको हो। यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी तथा उद्धारको कामना गरेको छ ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सरकार, सम्बन्धित निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको फाइनान्सले जनाएको छ । आइ सि एफ सि फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा समुदायको साथमा रहँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.